Like us!
Follow us!
Connect us!
Watch us!

को हुन् सानिमा रिलायन्स लाइफको सीईओमा नियुक्त भएका शिवनाथ पाण्डे ?

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, १७ : २६ मा प्रकाशित

को हुन् सानिमा रिलायन्स लाइफको सीईओमा नियुक्त भएका शिवनाथ पाण्डे ?

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवनाथ पाण्डे नियुक्त भएका छन् । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको मर्जरपछि बनेको सानिमा रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृत पदमा पाण्डे नियुक्त भएका हुन् ।  

नेपाल बीमा प्राधिकरणले पाण्डेलाई आज (आइतबार) सीइओ बन्न स्वीकृति दिएको हो ।दुई कम्पनीले सानिमा रिलायन्स लाइफको नामबाट चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् । 

यसअघि भने उनी साविकको सूर्या लाइफ इन्स्योरेन्सको सीईओ थिए भने उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुखबाट अवकाश पाएका थिए । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट पनि पाण्डे अवकास भएका थिए । त्यस्तै चार्टर्ड एकाउन्टेन्ट पाण्डेसँग राष्ट्र बैंकमा काम गरेको ३० बर्षे अनुभव छ । उनी २० बर्षदेखि व्यवस्थापकीय पदमा कार्यरत थिए  ।

३० बर्षे कार्यकालका कारण अवकाश भएका पाण्डे डेपुटी गभर्नरका लागि प्रत्यासी समेत थिए । अन्तिम समयमा आएर उनको नियुक्ति रोकिएको थियो । उनी नियमन र सुपरिवेक्षकीय व्यवस्थापनमा दक्ष मानिएका पाण्डे पछिल्लो समय बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको