Like us!
Follow us!
Connect us!
Watch us!

२५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, ११ : १६ मा प्रकाशित

२५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

नागरिक लगानीकोषको संस्थापक तर्फको २५ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा आएको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त सेयर चैत १३ गतेदेखि २० गतेसम्मका लागि बिक्रीमा ल्याईएको हो ।

यो सेयरको मूल्य प्रतिकित्ता रू. ७१७ तोकिएको छ । उक्त सेयर खरीद गर्न इच्छुक योग्य लगानीकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी तोकिएको अवधिभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र विक्री प्रबबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल, काठमाडौंसँगै एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय थापाथली, काठमाडौं, तथा शाखा कार्यालय बुटवल, धनगढी र सुर्खेतमा प्राप्त गर्न र पेश गर्न सकिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको