Like us!
Follow us!
Connect us!
Watch us!

शुल्क नतिर्ने ट्वीटर प्रयोगकर्ताको ‘ब्लू टिकमार्क’ अप्रिल १ पछि हट्ने

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, ११ : २६ मा प्रकाशित

शुल्क नतिर्ने ट्वीटर प्रयोगकर्ताको ‘ब्लू टिकमार्क’ अप्रिल १ पछि हट्ने

ट्विटरले अप्रिल १ देखि पुरानो प्रक्रियामार्फत प्रमाणित भएर प्राप्त गरेको सबै व्यक्ति एवं संघ–संस्थाको अकाउन्टको ब्लू टिकमार्क हटाउने भएको छ । ट्विटरका संस्थापक एलन मस्कले यस्तो ठूलो घोषणा गरेका हुन् । 

एलोन मस्कले भनेको विषयलाई उदृढ गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन्, ‘अप्रिल १५ बाट भेरिफाइड एकाउन्टहरूले मात्र फर यु रिकमेण्डेसन सुविधाको फाइदा लिन सक्नेछन्। यस बाहेक जसको एकाउन्ट भेरिफाइड छ, त्यस्ता प्रयोगकर्ताले मात्र ट्विटर पोलमा मतदान गर्न सक्नेछन्।’

मस्कले ट्विटर किनेपछि धेरै ठूला परिवर्तनहरू गरेका छन् । ब्लु टिकको लागि सशुल्क सेवा सुरु गर्ने उनले योजना बनाएका थिए । धेरै देशहरूमा ट्वीटर प्रयोगकर्ताहरूले ब्लू टिकको सदस्यता लिन पैसा पनि तिरेको जनाइएको छ ।

हाल यो सुविधा लिनेहरुको संख्या करोडमा पुगेको छ । यद्यपि एलन मस्कले घोषणा गरेका छन् कि जसले पैसा तिरेका छैनन् र भेरिफाइड ह्यान्डल छन्, उनीहरूको ब्लु टिक अप्रिल १ देखि हटाइनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको