Like us!
Follow us!
Connect us!
Watch us!

ट्विटरको लोगोबाट चरालाई अलबिदा गर्ने तयारीमा एलन मस्क

अर्थ संसार

सोमबार, ०८ साउन २०८०, ११ : ४० मा प्रकाशित

ट्विटरको लोगोबाट चरालाई अलबिदा गर्ने तयारीमा एलन मस्क

ट्विटरका मालिक एलन मस्कले ट्विटरको लोगो परिवर्तन गर्ने संकेत गरेका छन् । मस्कले आइतबार सो विषयमा संकेत गरेका हुन् । उनले आइतबार ‘हामीले चाँडै ट्विटर ब्रान्ड र विस्तारै सबै चराहरुलाई अलबिदा गर्नुपर्छ’ भनेर ट्विट गरे ।

उनले अर्को ट्विटमा भनेका छन्, “यदि आज राति एक्सुका लागि उत्कृष्ट लोगो पोस्ट भयो भने हामी भोलि विश्वव्यापी रुपमा लाइभ गर्नेछौं ।” अर्को ट्विटमा मस्कले एक्सको छोटो भिडियो क्लिप पोस्ट गरेका छन् । त्यसपछि उनले डेस एक्सु लेखेर ट्विट गरेका छन् । उनले ट्विटरलाई सबै काम गर्न सकिने एपका रुपमा विकास गर्न खोजेका छन् र यसलाई एक्स नाम दिन खोजेका छन् ।

यससँगै मस्कले ट्विटरमा ‘चेन्ज डिफल्ट प्लाटफर्म कलर टु ब्ल्याक’ पोल क्रिएट गरेका छन् । अधिकांश प्रयोगकर्ताले भोट गर्दै कालो र सेतोमध्ये कालो प्लाटफर्म चुनेका छन् । 

pic.twitter.com/IwcbqMnQtA

— Elon Musk (@elonmusk) July 23, 2023

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको