अन्ततः ट्विटरले आफ्नो लोगो फेरेको छ। आज (सोमबार) ट्विटरले आफ्नो लोगोमा रहेको निलो चरोलाई हटाएर अंग्रेजी अक्षर एक्स राखेको हो।
सोमबार नेपाली समयानुसार दिउँसो करिब ३ बजेदेखि विश्वभर ट्वीटरको नयाँ लोगो लाइभमार्फत सार्वजनिक गरिएको हो ।
ट्विटरका मालिक एलन मस्कले यसअघि नै ट्विटरको लोगोबाट निलो चरो हटाउने बताएका थिए। ट्विटरको कार्यालयमा पनि एक्सको संकेत राखिएको तस्बिर मस्कले ट्विट गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस