Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, ११ : ०० मा प्रकाशित

प्रभु बैंक संस्थापक सेयर बिक्रीमा

प्रभु बैंक लिमिटेडले संस्थापक सेयर चैत १६ गतेदेखि बिक्रीमा ल्याएको छ । बैंकले १४ लाख १६ हजार १९५ कित्ता संस्थापक सेयर  बिक्रीमा ल्याएको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो ।

यो सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्न बैंकले जनाएको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट खरीद आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उल्लेखित शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको