Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक तथा वित्तीय संस्थाका लागि मार्गदर्शनमा के छ? (पूर्णपाठसहित)

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, ११ : ०८ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक तथा वित्तीय संस्थाका लागि मार्गदर्शनमा के छ? (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरेको छ । आमनागरिकमा वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश गर्न उक्त मार्गदर्शन जारी गरिएको हो । 

वित्तीय साक्षरता अभियान प्रवद्र्धन गर्न राष्ट्र बैंकले यसअघि बैंक तथा वित्तीय संस्थाका लागि ‘वित्तीय साक्षरता ढाँचा, २०७९’ जारी गरिसकेको छ । हिजो (शुक्रबार) जारी गरिएको मार्गदर्शनले वित्तीय साक्षरताका लागि आवश्यक संस्थागत पूर्वाधार निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । 

लक्षित वर्ग केन्द्रित वित्तीय साक्षरता अध्ययन सामग्रीको प्रयोग सुनिश्चित गर्न र त्यसको अनुगमनका लागि आधार निर्माण गर्ने उद्देश्यले मार्गदर्शन ल्याइएको राष्ट्र बैंकले जनाएको छ । वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने यसको उद्देश्य रहेको छ । 

वित्तीय ज्ञानको अभाव भएका व्यक्तिलाई औपचारिक प्रणालीमा आबद्ध गराउन बैंक तथा वित्तीय संस्थाको भूमिका रहनेगरी यो मार्गदर्शन तयार पारिएको छ । अब बैंक तथा वित्तीय संस्थाले वार्षिक कार्यक्रम तयार पारेरै वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । 

“वित्तीय साक्षरता कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न आवश्यक संरचनाको विकास गर्ने र लक्षित वर्गका लागि उपयुक्त हुनेगरी वित्तीय ज्ञानका विविध क्षेत्र समेटी व्यवस्थितरुपमा योजना तयार गर्नुपर्नेछ”, मार्गदर्शनमा उल्लेख छ । यसरी योजना तयार पार्दा लक्षित वर्गको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहार हेरेर सोहीअनुसार कार्यक्रम चलाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको