Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक द्वारा एकसाथ दुई सेवा विस्तार

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, १३ : २३ मा प्रकाशित

सिटिजन्स बैंक द्वारा एकसाथ दुई सेवा विस्तार

सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंस्थित् दरवारमार्ग शाखाबाट शुरु गरेको Kiosk सेवा अन्य स्थानमा पनि विस्तार गरेको छ । हिजो (शनिबार) एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले काठमाडौँको कलंकी र नयाँबजार शाखा, कोशी प्रद्रेशको विराटनगर शाखा, मधेश प्रदेशको वीरगन्ज शाखा तथा लुम्बिनी प्रदेशको हस्पिटललाइन शाखामा यो सेवा शुभारम्भ गरेका हुन् । 

बैंकले कोशी प्रदेशको कर्सिया, मधेस प्रदेशको धनुषाधाम, वाग्मती प्रदेशको सिन्धुली र भरतपुर तथा गण्डकी प्रदेशको कोल्हुवामा गरी एकसाथ ५ शाखामा एटिएम सेवाको समेत विस्तार गरेको छ ।  साथै, निकट भविष्यमा यस्ता सेवालाई आवश्यकता अनुसार बैंकका अन्य शाखाहरुमा समेत बिस्तार गरिने योजना रहेको जनाइएके छ। 

Kiosk सेवा मार्फत प्रारम्भिक रुपमा ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको