सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ।
बैंकले संस्थापक सेयरधनी नाममा रोमु श्रेष्ठको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो।
उक्त सेयर सर्वसाधारण व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन्। सेयर खरिद गर्न इच्छुक जो कोहीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।
बैंकले यसअघि नै सो सेयर विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यसपटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको जनाएको छ।
बैंकले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०२ रुपैयाँ तोकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस