Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नवराजको उम्मेदवारी घोषणा

अर्थ संसार

सोमबार, २० चैत्र २०७९, १० : २६ मा प्रकाशित

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नवराजको उम्मेदवारी घोषणा

नेपाल उद्योग वणिज्य महासंघको साधारणसभा तथा महाधिवेशन आउँदो चैत २८ र २९ गते हुँदैछ । सो महाधिवेशलने महासंघको नयाँ कार्यकारिणी समिति चुन्नेछ ।

यसैबीच सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एशोसिएसन नेपाल ९क्यान० महासंघका तर्फबाट निवर्तमान अध्यक्ष नवराज कुँवरले एफएनसीसीआईको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । १२३ वस्तुगत संघहरूको तर्फबाट कुँवरले केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

कुँवर क्यान महासंघका अलावा एसियन ओसियन कम्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसनका उपाध्यक्ष, उद्योग वाणिज्य महासंघका आईसीटी विकास उपसिमितिका सहसभापति, प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष, आईसीटी अप्टिमिस्ट क्लब अफ काठमाडौंका अध्यक्ष समेत हुन् ।

सूचना प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रवर्द्धनका लागि निजी क्षेत्रमैत्री नीति नियम बनाउन सरकारसँग सहकार्य गर्नेगरी क्यान महासंघको तर्फबाट कुँवरले उम्मेद्वारी दिएका हुन् । यस्तै डिजिटल साक्षरता बढाउन, इन्टरनेट गुणस्तरीय र सस्तो बनाउन, सकेसम्म सबै कारोबार डिजिटल गर्न, विदेशी लगानी प्रवर्द्धन गर्न, डिजिटल अर्थतन्त्र निर्माण गर्न, उद्योग वाणिज्य महासंघलाई डिजिटल बनाउँदै वृहत राष्ट्रिय सञ्जालको निर्माण गर्न, स्टार्टअप र इन्नोभेसनलाई प्रवर्द्धन गर्न संस्थाको तर्फबाट कार्यसमिती सदस्यमा कुँवरलाई अगाडि सारिएको क्यान महासंघले जनाएको छ ।

कुवँरको जीतका लागि नेपाल उद्योग वाणिज्य महासंघका सम्पूर्ण मतदातासँग अमूल्य मतको अपेक्षा राखिएको क्यान महासंघका अध्यक्ष रञ्जित पोदारले बताए । 

क्यान महासंघ सूचना तथा सञ्चार प्रविधि क्षेत्रको संस्थागत विकासका लागि सन् १९९२ मा गैरनाफामूलक संस्थाको रुपमा स्थापित नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति र विज्ञ, व्यवसायीहरु र संघसंस्थाहरूको छाता संगठन हो ।

महासंघले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरतहरुको हक हितका लागि काम गर्दै आएको, सूचना प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्दै सूचना प्रविधि सम्बन्धी नीति तथा कार्यक्रममा नेपाल सरकारलाई आवश्यक सुझाव र सहयोग दिँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको