Like us!
Follow us!
Connect us!
Watch us!

‘पोर्न स्टार’ सँगको सम्बन्धलाई लिएर ट्रम्पको राजनीतिक यात्रामा लाग्ला त ब्रेक ?

अर्थ संसार

सोमबार, २० चैत्र २०७९, १३ : १९ मा प्रकाशित

‘पोर्न स्टार’ सँगको सम्बन्धलाई लिएर ट्रम्पको राजनीतिक यात्रामा लाग्ला त ब्रेक ?

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक आपराधिक मामिलालाई लिएर अभियोग लगाइएको छ । ‘पोर्न स्टार’ स्टर्मी डेनियलले पूर्वराष्ट्रपति ट्रम्प र आफूबीच सन् २००६ मा ‘अफेयर’ चलेको खुलासा गरेकी थिइन्, जसलाई ट्रम्पले सधैँ अस्वीकार गर्दै आए । स्टर्मीले यो पनि आरोप लगाएकी थिइन् कि ट्रम्पले नेभाडामा सेलिब्रेटी गल्फ प्रतियोगिताको क्रममा उनलाई आफ्नो होटलको कोठामा निम्तो दिएका थिए।

ट्रम्पले स्टर्मीलाई टिभी स्टार बनाउने वाचा समेत गरेका थिए । स्टर्मीले ट्रम्पसँग अफेयर रहेको आरोप लगाए पनि ट्रम्पले स्टर्मीसँग शारीरिक सम्बन्ध रहेको कुरा अस्वीकार गरेका छन् । आफूले कुनै गल्ती नगरेको उनको भनाइ छ । जब स्टर्मी डेनियल्सले जुलाई २००७ मा ट्रम्पलाई भेटिन्, उनी २७ वर्षकी थिइन् र ट्रम्प ६० वर्षका थिए । सन् २०१६ मा उनले ट्रम्प र आफूबीच के भएको थियो भनेर मिडियामा आफ्नो घटना बताउन समेत खोजेकी थिइन् । तर ट्रम्पका पूर्ववकिल माइकल कोहेनले उनलाई चुप रहन ठूलो रकम तिरेको खुल्न आयो ।  जसमा कोहेन म्यानहट्टनको संघीय अदालतबाट दोषी स्वीकार ठहर भए । अझै औपचारीक रुपमा खुल्न नसकेको ट्रम्पमाथिको आरोपबारे मंगलबार उनलाई गिरफ्तार गरी म्यानहट्टनमा ‘ग्र्याण्ड जुरी’ समक्ष उपस्थित गराएपछि मात्रै जानकारी गराइने बताइएको छ । 

सन् २०१६ मा राष्ट्रपतिय चुनावअघि कथित ‘अफेयर’बारे मौन रहन ‘पोर्न स्टार’ स्टर्मी डेनियललाई १ लाख ३० हजार अमेरिकी डलर भुक्तानी गरेको आरोप उनीमाथि लागेको छ । यस मामिलामा अनुसन्धान गरिरहेका न्यायाधिशहरुले ट्रम्पको विरुद्ध मतदान गर्दै आरोप तयार पारेका हुन् । आपराधिक कर छली र चुनाव ¥यालीमा वित्त उल्लङ्घनसहित आठवटा मुद्दाहरूमा उनी दोषी पाइएको थियो । यदि अभियोग साबित भएमा उनी जेल समेत जान सक्छन् । राष्ट्रपति हुँदा दुईवटा महाभियोगहरुको सामना गरेका ट्रम्पले दुवै पटक अमेरिकी सिनेटबाट निर्दोष साबित भएका थिए । पुनः उनीमाथि अभियोग लगाउन सकिने र धेरै आपराधिक अनुसन्धानको सामना उनले गर्नुपर्ने देखिन्छ । अहिले पनि अनुसन्धानहरु जारी छ ।

कोहेनलाई भरपाई तिरेको रकम उनको खातामा देखिएपछि ट्रम्प विवादित बनेका हुन् । उनले उक्त रकम आफ्नो वकिललाई कानुनी शुल्कको लागि भुक्तानी गरेको बताएका थिए । तर उनीमाथि आफ्नो व्यवसायिक अभिलेखलमा झुटो विवरण राखेको आरोप छ । सामाजिक सञ्जालमा यसबारे प्रतिक्रिया दिँदै ७६ वर्षीय ट्रम्पले आफू निर्दोष रहेको कुरा पटक–पटक दोहो¥याएका छन् । उनले अभियोगहरूलाई ‘राजनीतिक उत्पीडन र चुनावी हस्तक्षेप’ बताएका छन् । एफबीआई अनुसन्धानले ट्रम्पलाई सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार बन्न रोक्छ ?।

अमेरिकी सञ्चारमाध्यमहरूले न्यूयोर्कका कानुन कार्यान्वयनसम्बन्धी निकायहरूले ट्रम्पलाई अभियोग लगाएर चाँडोमा अर्को सातासम्म अदालतमा उपस्थित गराउने हिसाबमा काम गरिरहेको विवरण प्रकाशित गरेका छन् । पूर्व राष्ट्रपतिको टोली र अरू विज्ञहरूले उनले मङ्गलवार आफैँ आत्मसमर्पण गर्ने जनाएका छन् । 

कुनै अभियोग वा दोषी ठह¥याइएको घटनाले उनले चाहेको खण्डमा राष्ट्रपतिको चुनाव लड्नबाट वञ्चित हुनु नपर्ने र अमेरिकी संविधान अनुसार राष्ट्रपति पदको लागि योग्य हुन कुनै पनि फौजदारी अभियोग नभएको हुनुपर्छ भन्ने नभएको बीबीसी नेपालीले उल्लेख गरेको छ ।  विगतमा ट्रम्पले आफ्नो गिरफ्तारीको भविष्यवाणी गरेका थिए ।

आफूलाई रोक्नका लागि आफ्ना प्रतिद्वन्द्वीहरूले झुटा मुद्दा चलाएको उनको दाबी छ । यसैबीच, अर्को वर्ष हुने अमेरिकी राष्ट्रपति चुनावका लागि भारतीय मूलका दुई दावेदार निक्की हेली र विवेक रामास्वामीले ट्रम्पविरुद्धको कारबाहीलाई प्रतिशोधको राजनीति भनेका छन्। निक्की हेलीले यसलाई देशको इतिहासकै कालो दिन भनेकी छिन् । अर्कोतर्फ, रामास्वामीले यसले देशको न्यायिक प्रणालीमा जनताको विश्वास कम हुने बताएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको