Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीलाई आज पनि पत्याएन सेयर बजारले, १६.६७ अंकले घट्यो नेप्से

अर्थ संसार

सोमबार, २० चैत्र २०७९, १५ : ०८ मा प्रकाशित

अर्थमन्त्रीलाई आज पनि पत्याएन सेयर बजारले, १६.६७ अंकले घट्यो नेप्से

सेयर बजारले आज पनि अर्थमन्त्रीलाई पत्याएन । आज पनि सेयर बजारले उनका लागि ‘रेड कार्पेट’ नै ओछ्याए । आज नेप्से १६.६७ अंकले घटेको छ । आज नेप्से १६.६७ अंकले घटेर १ हजार ८ सय ७१ दशकलब ८८ को विन्दुमा कायम हुन पुगेको हो।

हिजो आइतबार पनि नेप्सेमा गिरावट आएको थियो । नेप्से २० अंकले घटेर १ हजार ८ सय ८८ दशकलब ५५ को विन्दुमा कायम हुन पुगेको थियो ।

आज नेप्सेमा ९२ कारेड २४ लाख ९ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ३३ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १७३ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। नेप्से घटेपनि आज नेबिल बैंक लिमिटेडको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको