महालक्ष्मी विकास बैंक लिमिटेडले चैत २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदर रहेको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । सोमध्ये ६० प्रतिशत अर्थात् ६० करोड बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने बाँकी ४० प्रतिशत अर्थात् ४० करोड बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ ।
सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । उक्त ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ । साथै मेरो सेयरमार्फत पनि आवेदन दिनुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस