Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको ऋणपत्र बाँडफाँड

अर्थ संसार

बुधबार, १३ बैशाख २०८०, ११ : ०२ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको ऋणपत्र बाँडफाँड

महालक्ष्मी विकास बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले चैत २९ गतेदेखि वैशाख ४ गतेसम्म बिक्री गरेको रू. १ अर्ब बराबरको ऋणपत्र बाँडफाँड गरेको हो । 

बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदर रहेको ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ नामको ऋणपत्र निष्कासन गरेको थियो । 

बैंकले प्रतिऋणपत्र रू. १ हजार अंकित दरका रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात रू. ६० करोड बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको हो भने ४० प्रतिशत अर्थात् रू. ४० करोड बराबरको ४ लाख कित्ता सामूहिक लगानीकोष समेत सर्वसाधारणमा बाँडफाँड गरिएको हो । 

२० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएर बाँकी ३ लाख ८० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत बिक्री गरिएको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई वैशाख १२ गते ऋणपत्र बाँडफाँड गरिएको हो । 

ऋणपत्र बिक्री प्रबन्धकमा एनआईसी एशिया बैंक लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको