Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियलको विशेष सभा, आईएमई जनरलसँग गाभिएपछि चुक्ता पुँजी ३ अर्ब २ करोड पुग्ने

अर्थ संसार

विहीबार, २३ चैत्र २०७९, ११ : ०६ मा प्रकाशित

प्रुडेन्सियलको विशेष सभा, आईएमई जनरलसँग गाभिएपछि चुक्ता पुँजी ३ अर्ब २ करोड पुग्ने

प्रुडेन्सियल इन्स्योेरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सो सभा बुधबार होटल इच्छा, सिमरा, बारामा सम्पन्न भएको हो । विशेष साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष विशाल अग्रवालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा सभालाई जानकारी गराए ।

सभामा अध्यक्ष अग्रवालले हालको बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पूँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्येनजर गरी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड र आइएमई जनरल इन्स्योरेन्स लिमिटेड गाभ्नेरगाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता भई सोही बमोजिम आजको विशेष साधारण सभा बोलाइएको जानकारी गराए ।

त्यसै गरी अध्यक्ष अग्रवालले दुवै कम्पनीको गाभ्नेरगाभिने ९मर्जर० सम्बन्धी प्रारम्भिक सम्झौता पत्र तथा डीडीए रिपोर्ट समेतको आधारमा शेयर अनुपात ९स्वाप रेसियो० क्रमश १ः१ कायम हुने जानकारी दिए ।

उनका अनुसार दुवै कम्पनी गाभिए पश्चात बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको चुक्ता पूँजी ३ अरब २ करोड ९३ लाख ३४ हजार ६ सय ३९ हुने छ । त्यस्तै,  कम्पनी गाभिए पश्चात हुने कम्पनीको अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानिय पहुँच, अनुभव, क्षमतलाई बढी भन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा संजाल लगायत डिजिटलको माध्यमबाट समेत उत्कृस्ट सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीहरु एक आपसमा गाभिने निर्णय गरिएको जानकारी उनले गराए । 

नेपालमा रहेका २ उत्कृष्ट व्यवसायी घराना विशाल ग्रुप र आइएमई ग्रुप साथै संस्थासँग आवद्ध अन्य व्यावसायिक घराना सम्मिलित कम्पनीले भविष्यमा उत्कृष्ट व्यवसाय हासिल गरी शेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने विश्वास व्यक्त गरे ।

सोही अवसरमा कम्पनीहरु गाभिए पश्चात बन्ने कम्पनीको अधिकृत पूँजी ५ अर्ब र चुक्ता पूँजी ३ अरब २ करोड, शाखा संजाल ८४, कर्मचारी संख्या ५१७ हुने, त्यसै गरी व्यवसाय करिब ४ अरब हुने जानकारी समेत सभालाई गराए । त्यसै गरी नियमन निकायबाट निकट भविष्यमा सुरु हुन लागेका जोखिममा आधारित पूँजीको आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुने व्यहोरा समेत जानकारी गराए । 

संस्था गाभिए पछि पूँजीगत आधार सुदृढ हुनेछ साथै कम्पनीको वित्तीय अवस्था थप सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बन्ने र निर्जिवन बीमा क्षेत्रको विकास तथा बीमितको हक हित संरक्षणमा संस्था सफल हुनेछ । गाभिए पश्चात प्राविधिक र अन्य क्षमता, अनुभव र विज्ञता भएको मानव संशाधन एकआपसमा मिलेर संस्थालाई थप बल पुग्ने छ भने अनुभव आदान प्रदान भै गुणात्मक उपलब्धि हासिल हुनेछ ।

जसले संस्थाको वित्तीय जग बलियो हुने, शेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्दै पूँजी संरचना अनुसार गुणस्तरीय व्यवसाय गर्न कम्पनी सफल हुनेछ । गाभ्ने÷गाभिने ९मर्जर० कार्यले आगामी दिनमा शेयरधनीहरु तथा सम्पूर्ण सरोकारवालाहरू हालको तुलनामा बढी भन्दा बढी लाभान्वित हुने बारेमा सभालाई जानकारी गराए ।

साथै, विशेष साधारण सभामा प्रस्तावित विशेष प्रस्तावहरु विशेष साधारण सभाले सर्वसम्मतिबाट पारित गरेको सभामा जानकारी गराए । अन्तमा प्रचलित कानून तथा नेपाल बीमा प्राधिकरण एवं अन्य नियमन निकायद्वारा जारी निर्देशनहरुको पूर्ण पालना गरी संस्थागत सुशासनको मूल्य र मान्यतालाई मनन गरी गुणस्तरीय सेवा प्रदान गरी नेपालमा रहेका निर्जीवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट कम्पनी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडलाई स्थापित गर्ने व्यहोरा समेत सभालाई जानकारी गराए ।

त्यसै गरी अध्यक्ष अग्रवालले यस विशेष अवसरमा दुवै कम्पनीका मर्जर कमिटिका संयोजक, शेयरधनी, नेपाल बीमा प्राधिकरण लगायत सम्पूर्ण नियामकारी, बैँक तथा वित्तीय संस्था, बीमा तथा पुनर्बीमा कम्पनी, दुवै कम्पनीका संचालक समितिका पधादिकारीहरु लगायत कर्मचारीहरुलाई समेत धन्यवाद ज्ञापन गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको