Like us!
Follow us!
Connect us!
Watch us!

८७ कम्पनीले गरे लाभांश प्रस्ताव, कसको कति ? (सूचीसहित)

सोमबार, २९ कार्तिक २०७३, १४ : २२ मा प्रकाशित

८७ कम्पनीले गरे लाभांश प्रस्ताव, कसको कति ? (सूचीसहित)

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्जमा सुचिकृत कम्पनीहरुमध्ये ८७ वटाले गत बर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् ।

आर्थिक बर्ष सकिएको ४ महिना वित्न लाग्दा नेप्सेमा सूचीकृत २ सय २८ कम्पनीमध्ये आधा जतिले पनि लाभांश घोषणा गरेका छैनन् ।

कम्पनी ऐन २०६३ अनुसार हरेक कम्पनीले आर्थिक बर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गर्नु पर्छ । अघिल्लो बर्ष गरेको मुनाफाबाट शेयरधनीलाई बाँडिने लाभांश साधारणसभामा लगेर पारित गर्नु पर्छ ।

अहिलेसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये नगद लाभांश धेरै घोषणा गर्नेमा नेपाल लिभर देखिएको छ । यस कम्पनीले सेयरधनीलाई प्रति १ सय रुपैयाँको सेयर बराबर १ हजार २० रुपैयाँ बोनस बाड्ने निर्णय गरेको छ ।

यसै गरी बोसन सेयर धेरै बाँड्ने कम्पनीमा किसान माइक्रो फाइनान्स छ । उक्त कम्पनीले ६१ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव गरेको छ । 

5829782699d60.jpg 58297826b467b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको