Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बृद्धि जारी, घटेका कम्पनीको सेयरमा खरिदकर्ताको चाप

सोमबार, २९ कार्तिक २०७३, १७ : २५ मा प्रकाशित

नेप्से बृद्धि जारी, घटेका कम्पनीको सेयरमा खरिदकर्ताको चाप

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अब उकालो यात्रा तय गर्न थालेको छ । खरिदकर्ता बढेकाले यस सता लगातार सोमबार पनि नेप्से केही बढेको छ । यस दिन नेप्से परिसूचक ६.२८ अंकले बढेर १७०६.२८ मा पुगेको छ ।

सेयर किनबेच संख्या बढेर कारोबार रकम ७८ करोड रुपैयाँ नाघेको छ । यसले नेप्सेले उकालो बाटो समातेको मान्न सकिन्छ ।  मूल्य घटेका कम्पनीहरुमा खरिदकर्ताको चाप देखिएको छ । 

एभरेष्ट बैंकको सेयर मूल्य बढेर दोस्रो दिन पनि सर्वाधिक रकमको  किनबेच भएको छ । यस बैंकको सोमबार १२ करोडभन्दा बढी रकमको सेयर किनबेच भएको छ ।   
बजार पूँजीकरण अघिल्लो दिनको तुलनामा झण्डै १० अर्बले बढेर १८ खर्ब ९६ अर्ब नाघेको छ । सोमबार १३१ कम्पनीको सेयर किनबेच भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको