एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश नबाँड्ने भएको छ । कम्पनीको चैत्र २७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले आ।व। २०७८/०७९ को खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने गरी वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा अनुरोध गर्ने निर्णय गरेको हो । केन्द्रिय बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभाको बाटो खुल्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस