प्रधानमन्त्री समेत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले निजी र सार्वजनिक क्षेत्रको सहकार्यलाई प्रभावकारी नबनाईकन अर्थतन्त्रमा देखा परेको ‘स्ट्रेस’लाई सामना गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आज नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ साधारण सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘पहिलो पटक उद्योग वाणिज्य महासंघसँग सहकार्य गर्दै गर्दा देश भित्र र देश बाहिरपनि निजी क्षेत्रको एउटा प्रतिनिधि छाता संगठनको रुपमा तपाईहरुसँग मैले नजिकबाट मैले नजिकबाट सहकार्य गर्ने कोशिश गरेको थिए । र, एउटा आधार निर्माण भएको थियो । दोस्रो पटक मैले प्रधानमन्त्रीको रुपमा जिम्मेवारी लिँदै गर्दा भवानी ज्यू अध्यक्ष हुनुहुन्थ्यो । यहाँ अहिले शेखर ज्यूले भन्नुभयो भन्ने र गर्नेका कुरा आए हाम्रो अर्थमन्त्री ज्यूले त्यसलाई थोरै ‘कोट’ गर्नुभयो । म के भन्न चाहन्छु भने मैले तपाईहरुसँग जे भने मैले आफ्नो ठाँउबाट हुनसक्ने जति तपाईहरुसँग सहकार्य र विश्वासको बातावरण बनाउने गरे । दोस्रो पटक मैले जिम्मवारी लिँदै गर्दा राजनीतिक प्रकृतीको अलिक बढी थियो । आर्थिक पनि थियो तर राजनीतिक रुपले देशलाई लोकतान्त्रिक निर्वाचन तिर लगेर देशको राष्ट्रिय एकतालाई बलियो बनाउने चूनौती थियो । यसलाई मैmे स्वीकार गरे ।’
उनले थपे, ‘ अर्थतन्त्रमा हाम्रो राष्ट्रिय गौरवका आयोजना अनि सार्वजनिक र निजी क्षेत्रको सहकार्यमार्फत् अर्थतन्त्रलाई नयाँ गति दिने नयाँ चूनौती थियो । दास्रो कार्यकाल स्मरण गर्दैै गर्दा राजननीतिक चूनातीलाई पनि हामिले सफतापूर्वक सामना गर्यौँ र देशमा निर्वाचन सम्पन्न मात्र भएन राष्ट्रिय एकता पनि बलियो भयो भन्ने मलाई विश्वास छ । र आर्थिक रुपले त्यती बेला ७ प्रतिशत भन्दा माथि हामी आर्थिक बृद्धि दर त्यती बेला हालि भयो । र, गरे पछि हुँदै रहेछ भन्ने एउटा विश्वास थियो । तर अहिले परिस्थिती भिन्न छ । अहिले परिस्थिती एक तिरबाट भूकम्प हामलीले नराम्रो सँग धक्का खायो हाम्रो अर्थतन्त्रले । अर्का तिर कोभिड १९ का कारण विश्वव्यापी रुपमा जुन क्रइसिस आयो जुन हामीलाई पनि पर्यो । र राजनीति उतार चढाव र अस्थिरतले पनि संकट परेको छ । अहिले रुस–युक्रेन युद्धको असर समेत मिस्सिएर हामी आर्थिक रुपले निकै ठूलो स्ट्रेसमा छौँ । र मलाई यो तेस्रो कार्यकाल निकै ठूलो चूनौतीको रुपमा र यो चूनौतीको सामना गर्ने अवसरको रुपमा पनि मैले हेरेका छु । र, मैले पहिलो क्याबिनेट बैठक देखिनै निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यलाई प्रभावकारी नबनाइ कन अर्थतन्त्रमा देखा परेको अहिलको स्ट्रेस, दबाबको सामना गर्न सकिदैँन भन्ने कारणले नै यो पक्रिया सुरु गरेको छु । यो बीच धेरै बैठक र अन्रक्रिया भएका छन् । र हामी अब बजेट निर्माणको प्रक्रियामा हामभी अन्तिम अन्तिम चरणमा पुगेका छौँ । र, मैले प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि नै एफएनसीसीआई, सीएनआइ, च्यामबर र अन्य निजी क्षेत्रसँग सम्बन्धीत धेरै सुझावहरु केन्द्रित गरेको छु ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस