Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ समितिसहित कांग्रेसले पाउने भयो ४ संसदीय समिति (सूचीसहित)

अर्थ संसार

सोमबार, २२ साउन २०८०, १३ : ५० मा प्रकाशित

अर्थ समितिसहित कांग्रेसले पाउने भयो ४ संसदीय समिति (सूचीसहित)

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बीच संसदीय समितिको नेतृत्वमा भागबन्डा मिलेको छ ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आज (सोमबार) बसेको संसदीय दलको बैठकमा समतिको नेतृत्वमा भागबन्डा मिलेको जानकारी गराएका हुन् ।

दाहालले गराएको जानकारी अनुसार प्रतिनिधि सभामा रहेका १२ वटा समितिमध्ये नेपाली कांग्रेसले सबैभन्दा धेरै ४ समितिको नेतृत्व पाउने भएको छ । त्यस्तै एमालेले ३, माओवादी केन्द्रले २, जसपा, जनमत र नेकपा (एस)ले समान १-१ समितिको नेतृत्व पाउनेछन् ।

यी हुन् नेपाली कांग्रेसले नेतृत्व पाउने संसदीय समितिहरु:

सत्तारुढ दल नेपाली कांग्रेसले अर्थ समितिसहित ४ समितिको नेतृत्व पक्का गरेको छ । कांग्रेसले अर्थ, कृषि, संसदीय सुनुवाइ र राज्य व्यवस्था समितिको नेतृत्व पाउन सहमति सत्ता गठबन्धनमा भएको छ ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको