Like us!
Follow us!
Connect us!
Watch us!

अन्ततः शर्तसहित संसदको अवरोध हटाउन एमाले सहमत

अर्थ संसार

मंगलबार, २३ साउन २०८०, १४ : ४२ मा प्रकाशित

अन्ततः शर्तसहित संसदको अवरोध हटाउन एमाले सहमत

अन्ततः नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक चल्न दिने भएको छ । बालुवाटारस्थित् प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रतिनिधिसभाको बैठक चल्न दिने विषय सहमति भएको हो ।

एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणममा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै केही दिनयता लगाातार सदन अवरुद्ध गर्दै आएको थियो । सोमबार सहमति हुन नसकेपछि प्रतिनिधिसभा बैठक मंगलबार अपरान्ह ३ बजेका लागि साारिएको छ । अब बैठकमा उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिनेछन् । गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नगरे पुनः सदन अवरोध गर्ने पनि एमालेको तयारी छ ।  

बैठकपछि एमालेका सचेतक महेश बर्तौलाले भने, ‘सरकार आफ्नो अडानमा रह्यो, उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा अहिलेसम्म सरकार तयार नभएको अवस्था हुँदाहुँदै पनि आज गृहमन्त्रीले केही विषय बताउँछु भन्नुभएको हुनाले सदन चलाउने र गृहमन्त्रीको जवाफ सुन्ने सहमति बनेको छ ।’

बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली तथा दलका प्रमुख सचेतकहरू सहभागी थिए ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको