Like us!
Follow us!
Connect us!
Watch us!

डोल्पामा केन्द्रीय प्रसारण लाइनको परीक्षण सुरु

अर्थ संसार

बुधबार, २९ चैत्र २०७९, १६ : २९ मा प्रकाशित

डोल्पामा केन्द्रीय प्रसारण लाइनको परीक्षण सुरु

डोल्पाको दुनैसम्म केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सुरु भएको छ । रुकुमपश्चिमको त्रिवेणीबाट डोल्पाको दुनैसम्मको प्रसारण लाइनको परीक्षण आजदेखि सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । 

डोल्पामा दुई वर्षअघि केन्द्रीय प्रसारण लाइन निर्माण सुरु भएको थियो । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको गोतामबाट त्रिवेणी हुँदै डोल्पाको त्रिपुराकोटबाट सदरमुकाम दुनैसम्म परीक्षण सुरु भएको र दुई हप्ताभित्र दुनैसम्म विद्युत् सेवा सञ्चालन गर्न सकिने प्रदेश कार्यालयको भनाइ छ ।

जाजरकोट खण्डमा समेत पोल गाड्नेदेखि प्रसारण लाइनको कामा भइरहेको प्रदेश कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षमै दुनैसम्म बत्ती बाल्ने योजना भए पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण चालु आर्थिक वर्षको अन्तिम चौमासिकमा निर्माण सम्पन्न भएको हो । जसबाट एघार केभी प्रसारण लाइन अहिले यहाँ पु¥याउन लागिएको हो भने ३३ केभी प्रसारण लाइनको सब स्टेसन त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र त्रिपुराकोटमा निर्माण जारी छ । 

जाजरकोट सदरमुकामदेखि डोल्पाको दुनैसम्म एक सय १८ किलोमिटर लम्बाइ  छ । जाजरकोट डोल्पा सडक खण्डसँगै जोडेर काम भइरहेको छ । जाजरकोटको नलगाड नगरपालिकाको चौखामा सबस्टेसनको कामसमेत निरन्तर जारी छ ।

डोल्पाको पालिकास्तरमा विद्युतीकरणका लागि अघिल्लो आवमा ठेक्का लागेपछि काम भने अहिले सुरु भएको विद्युत् प्राद्यिकरण डोल्पा वितरण केन्द्रले जनाएको छ । मुख्य लाइनबाट सहायक लाइन निर्माण गरी तल्लो र मध्य डोल्पामा विद्युतीकरणका लागि काम सुरु गरिएको हो । 

मुडकेचुला, जगदुल्ला, ठुलीभेरी, त्रिपुरासुन्दरीका गाउँगाउँमा विद्युत् लिनका लागि सहायक लाइन निर्माण गर्न भएको ठेक्काअनुसार काम भइरहेको छ ।-रासस/File Photo 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको