Like us!
Follow us!
Connect us!
Watch us!

भूगोल इनर्जिले सर्वसाधारणका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

अर्थ संसार

आइतबार, ०३ बैशाख २०८०, १५ : ३२ मा प्रकाशित

भूगोल इनर्जिले सर्वसाधारणका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् रिजल्ट

भूगोल इनर्जि डेभलपमेण्ट कम्पनी लिमिटेडको सर्वसाधारणलाई निष्कासन गरिएको प्राथमिक सेयर बाँडफाँड भएको छ । 

एन आई सी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा भूगोल इनर्जि को जारी पूँजी रु. ५४,४०,५३,४०० को ३० प्रतिशत अर्थात् रु. १६,३२,१६,००० रकम बराबरको रु.१०० अंकित दरको १६,३२,१६० कित्ता साधारण सेयर सर्वसाधारणको लागि निष्कासन गरिएको सेयर मध्ये जारी पूँजीको १०५ अर्थात रु।५,४४,०५,३०० रकम बराबरको रु १०० अंकित दरको ५,४४,०५३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि निष्कासन गरी रितपुर्वक प्राप्त ८५,०२० कित्ता सेयर सम्बन्धित आवदेकलाई बाँडफाँड गरिएको हो।

कम्पनीको जारी पूँजीको २०% अर्थात रु.१०,८८,१०,७००/- रकम बराबरको रु. १०० अंकित दरका १०,८८,१०७ कित्ता शेयर मध्ये १,०८,८११ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई निष्काशन गरिएको तथा सामूहिक लगानी कोषलाई छुट्याइएको ७१,९१६ कित्ता शेयर र कर्मचारीहरुलाई छुट्याइएको शेयर खरिदको लागि प्राप्त १९,४२० कित्ता शेयर समेत बाँडफाँड गरि बाँकी रु.१३,४६,९९,३००/- रकम बराबरको रु.१०० अंकित दरका १३,४६,९९३ कित्ता साधारण शेयरहरु मिति २०७९ /१२/२३ गतेदेखि मिति २०७९ /१२/२७ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त साधारण शेयर निष्काशनमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पुर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट निम्न बमोजिम आवेदन परेको र प्राप्त आवेदनको प्रशोधन गरि सोको बाँडफाँड गरिएको छ ।

साथै बाँडफाँडको नतिजा यस क्यापिटलको वेवसाईट www.nicasiacapital.com वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेवसाईट www.iporesult.cdsc.com.np/meroshare.cdsc.com.np बाट हेर्न सकिने व्यहारा अनुरोध छ ।

भूगोल इनर्जि डेभलपमेण्ट कम्पनी लिमिटेडको सर्वसाधारणलाई निष्काशन गरिएको प्राथमिक शेयर बाँडफाँड :  

एन आई सी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा भूगोल इनर्जि डेभलपमेण्ट कम्पनी लिमिटेडको जारी पूँजी रु.५४,४०,५३,४००/- को ३०% अर्थात् रु.१६,३२,१६,०००/- रकम बराबरको रु.१०० अंकित दरको १६,३२,१६० कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गरिएको शेयर मध्ये जारी पूँजीको १०% अर्थात रु.५,४४,०५,३००/- रकम बराबरको रु.१०० अंकित दरको ५,४४,०५३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि निष्काशन गरी रितपुर्वक प्राप्त ८५,०२० कित्ता शेयर सम्बन्धित आवदेकलाई बाँडफाँड गरिएको ।

कम्पनीको जारी पूँजीको २०% अर्थात रु.१०,८८,१०,७००/- रकम बराबरको रु. १०० अंकित दरका १०,८८,१०७ कित्ता शेयर मध्ये १,०८,८११ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई निष्काशन गरिएको तथा सामूहिक लगानी कोषलाई छुट्याइएको ७१,९१६ कित्ता शेयर र कर्मचारीहरुलाई छुट्याइएको शेयर खरिदको लागि प्राप्त १९,४२० कित्ता शेयर समेत बाँडफाँड गरि बाँकी रु.१३,४६,९९,३००/- रकम बराबरको रु.१०० अंकित दरका १३,४६,९९३ कित्ता साधारण शेयरहरु मिति २०७९ /१२/२३ गतेदेखि मिति २०७९ /१२/२७ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त साधारण शेयर निष्काशनमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पुर्ण सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट निम्न बमोजिम आवेदन परेको र प्राप्त आवेदनको प्रशोधन गरि सोको बाँडफाँड देहाय बमोजिम गरिएको व्यहोरा अनुरोध छ ।

निष्काशनको समयमा सि–आश्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट जम्मा १२,५४,००६ जना आवेदकहरुबाट जम्मा १,४०,३०,७३० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएकोमा सो मध्ये सम्बन्धित सि–आश्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट विभिन्न कारणबाट १,००,४२३ जना आवेदकहरुबाट १६,०७,८०० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रद्द गरे पश्चात बाँकी रहेका जम्मा ११,५३,५८३ जना आवेदकहरुबाट १,२४,२२,९३० कित्ता शेयर खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको व्यहोरा अनुरोध छ ।

साथै, निष्काशन तथा बिक्री प्रबन्धकबाट प्राप्त आवेदनहरु रुजु गर्दा ६०१ जना आवेदनकबाट ७,४२० कित्ता शेयर खरिदको लागि दोहोरो आवेदन प्राप्त भएको, २९९ जना आवेदकहरुबाट प्राप्त ३,२५० कित्ता शेयर स्थानिय बासिन्दाहरुलाई निष्काशन गरेको समयमा शेयर आवेदन गरेको र बाँडफाँडमा समेत शेयर पर्न सफल भएको र ३,५३२ जना आवेदकहरुबाट प्राप्त ४७,४२० कित्ता शेयर बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको समयमा शेयर आवेदन प्राप्त भई बाँडफाँडमा समेत शेयर पर्न सफल भएको आवेदकहरु समेत गरी जम्मा ४,४३२ जना आवेदकहरुबाट जम्मा ५८,०९० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रितपूर्वक नदेखिएको हुँदा उक्त आवेदनहरुलाई रद्द गरी रितपूर्वक प्राप्त जम्मा ११,४९,१५१ जना आवेदकहरुबाट १,२३,६४,८४० कित्ता शेयर खरिदको लागि प्राप्त आवेकहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ता देखि १०,००० कित्ता शेयर आवेदन गर्ने १,३४,६९९ जना सफल आवेदनकर्ता छनौट गरी १० कित्ता शेयरको दरले जम्मा १३,४६,९९० कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको ३ कित्ता शेयर २० कित्तादेखि १०,००० कित्ता शेयर आवेदन गर्ने आवेदकहरु मध्ये शेयर पर्न सफल आवेदकहरुलाई पूनः गोलाप्रथाको माध्यमबाट थप १ कित्ता शेयरका दरले ३ कित्ता शेयर ३ जना आवेदकलाई निष्काशन तथा बिक्री प्रबन्धक, निष्काशनकर्ता कम्पनी, नियमनकारी निकायका प्रतिनिधीहरु र प्रोफेशनल कम्प्युटर सिस्टम प्रा.लि. का प्रतिनिधि लगायत सर्वसाधारण लगानीकर्ताहरुको उपस्थितिमा बाँडफाँड गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

साथै बाँडफाँडको नतिजा यस क्यापिटलको वेवसाईट www.nicasiacapital.com वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेवसाईट www.iporesult.cdsc.com.np/meroshare.cdsc.com.np बाट हेर्न सकिने व्यहारा अनुरोध छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको