Like us!
Follow us!
Connect us!
Watch us!

भूगोल इनर्जी डेभलपमेन्टको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्न सकिन्छ रिजल्ट?

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, १२ : २६ मा प्रकाशित

भूगोल इनर्जी डेभलपमेन्टको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्न सकिन्छ रिजल्ट?

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि निष्कासन गरेको सेयर बाँडफाँड सम्पन्न गरेको हो । कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख रुपैयाँको १० प्रतिशत (५ करोड ४४ लाख ५ हजार ३००) रुपैयाँ बराबरको सेयर जारी गरेको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका ५ लाख ४४ हजार ५३ कित्ता साधारण सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र नौमुले द्वारी–३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ७२ हजार २६ कित्ता शेयर तथा आयोजना प्रभावित क्षेत्र दैलेख जिल्ला (नौमुले द्वारी ३ बाहेक) का स्थानीय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता शेयर बिक्री गरेकोमा उक्त शेयर चैत १२ गते बाँडफाँड गरिएको हो ।

फागुन ८ गतेदेखि चैत ७ गतेसम्म आइपीओ निष्कासन गरेकोमा रितपूर्वक आवेदन दिनेहरु सबैलाई आवेदकले माग गरेबमोजिम सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । उक्त सेयर बाँडफाँड सम्बन्धी जानकारीका लागि बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको वेबसाइट https://www.nicasiacapital.com/ मार्फत लिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको