Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, ०४ बैशाख २०८०, १५ : ०० मा प्रकाशित

ग्लोबल आइएमई बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

ग्लोबल आइएमई बैंकको ५ लाख कित्ता सेयर आजबाट बिक्रीमा राखिएको छ। संस्थापक सेयरधनी कुनाल कयालको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो। 

उक्त सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद आवेदन दिन पाउनेछन्।  बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

सेयर खरिदका लागि आवेदन दिन ३५ दिनको म्याद दिइएको छ। तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको