Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी

अर्थ संसार

बुधबार, ०७ फागुन २०८१, १२ : ३२ मा प्रकाशित

ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी

ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो ।

सन् २००९ मा ग्लोबल आईएमई बैंक लिमिटेडमा प्रवेश गरेका रेग्मी ग्लोबल आइएमई बैंक लिमिटेडका नायब महाप्रबन्धक हुन्।

उनले थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन्। उनीसँग बैंकिङ क्षेत्रमा १७ वर्षभन्दा बढीको अनुभव छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको