Like us!
Follow us!
Connect us!
Watch us!

बोनस सेयर बापतको कर तिर्न सेयरधनीलाई ग्लोबल आइएमई बैंकको आग्रह

अर्थ संसार

मंगलबार, ०६ फागुन २०८१, १२ : ४४ मा प्रकाशित

बोनस सेयर बापतको कर तिर्न सेयरधनीलाई ग्लोबल आइएमई बैंकको आग्रह

ग्लोबल बैंक लिमिटेडले गत मंसिर २७ गते बसेको अठारौं वार्षिक साधारणसबाट पारित ५.५ प्रतिशत बोनस सेयर बापतको कर जम्मा गर्न सेयरधनीलाई आग्रह गरेको छ।

बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि गत मंसिर ९ गते बुक क्लोज गरेको थियो। बुक क्लोजको मितिभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले बोनस सेयरमा लाग्ने ५ प्रतिशत कर बापतको रकम जम्मा गराएपछि मात्रै सेयरधनीको डिम्याट खातामा बोनस सेयर पठाइने बताएको छ।

साथै सेयर धितो राखेर ऋण लिएका सेयरधनीले कर जम्मा गरी ऋण दिने बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र वा एनओसी पत्र पेश गरेपछि मात्रै बोनस सेयर डिम्याट खातामा पठाइने जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको