आज सोमबार नेप्से परिसूचक २३.६४ अंकले घटेको छ । आज नेप्से २३.६४ अंकले घटेर १ हजार ९ सय ८ दशमलब ०४ को विन्दुमा कायम भएको हो ।
हिजो आइतबार नेप्से परिसूचक २.८० अंकले घटेको थियो । हिजो २.८० अंकले घटेर नेप्से १ हजार ९ सय ३१ दशमलब ६८ को विन्दुमा कायम भएको थियो ।
आज नेप्से घटेसँगै कारोबार रकम पनि उत्साजनक देखिएन । आज नेप्सेमा ९२ करोड ७८ हजार बराबरको कारोबार भएको हो । आज २३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्से घटेपनि अरुण भ्याली हाइड्रोपावरको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस