आज सोमबार नेप्से परिसूचक २३.६४ अंकले घटेको छ । आज नेप्से इन्डेक्स घटेर १९०८ को विन्दुमा कायम हुन पुगेको हो ।
सेयरबजार घटेसँगै आज जम्मा ९१ करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक अरुण भ्याली हाइड्रोपावरको ७ करोड बढीको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड ३३ लाख, एनआइसी एशिया बैंकको ३ करोड ११ लाख, माछापुच्छ्रे बैंकको २ करोड ६७ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको २ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस