Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्यालीले १ः१ हकप्रद जारी गर्ने

अर्थ संसार

बुधबार, ०६ बैशाख २०८०, १६ : २१ मा प्रकाशित

अरुण भ्यालीले १ः१ हकप्रद जारी गर्ने

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद जारी गर्ने भएको छ । कम्पनीको आज बुधवार दिनको ३ वजे बसेको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजी रू १,८६,७९,६२,६००। (बराबरको १ः१ एक सेयर बराबर नयाँ एक सेयर) को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको हो । सेयर निश्कासन गर्नका लागि विद्युत नियमन आयोगमा पुर्व स्वीकृतिको लागि आवेदन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

उक्त हकप्रद सेयर निष्कासनबाट प्राप्त रकम मध्येबाट रु ९३,३९,८१,३००। (पिके हाइड्रोपावर प्रा. लि. ले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मे.वा.) को निर्माणको लागि आवश्यक पर्ने स्वपुँजिको लागि पिके हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गरिनेछ । 

कम्पनीले जारी गरेको विज्ञप्ति यस्तो छः

उपरोक्त सम्बन्धमा यस कम्पनीको मिति २०८०१०१०६ गते बुधवार दिनको ३:०० वजे बसेको सञ्चालक समितिको बैठक (बैठक संख्या २५-२) ले कम्पनीको हाल कायम चुक्ता पूँजी रू.१,८६,७९,६२,६००।- बराबरको १:१ (एक शेयर बराबर नयाँ एक सेयर) को अनुपातमा हकप्रद शेयर निश्काशन गर्नको लागि श्री विद्युत नियमन आयोगमा पुर्व स्वीकृतिको लागि आवेदन गर्ने निर्णय गरेको व्यहोरा अनुरोध छ ।

उक्त हकप्रद सेयर निष्काशनबाट प्राप्त रकम मध्येबाट रु.९३,३९,८१,३००।- पिके हाइड्रोपावर प्रा. लि. ले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मे.वा.) को निर्माणको लागि आवश्यक पर्ने स्वपुँजि (Equity) को लागि पिके हाइड्रोपावर प्रा. लि. को संस्थापक सेयरमा लगानी गर्ने र बाँकी रकम रू.९३,३९,८१,३००।- यस कम्पनीले निर्माण सम्पन्न गरि सञ्चालनमा रहेको काबेली बी-१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नको लागि उपयोग गर्ने निर्णय भएको व्यहोरा अनुरोध छ ।

श्री विद्युत नियमन आयोगबाट पूर्व स्वकृति प्राप्त भए पश्चात कम्पनीको विशेष साधारण सभामा उपरोक्त हकप्रद सेयर निस्कासनको स्विकृतीको लागि पेश गर्ने निर्णय भएको व्यहोरा अनुरोध छ ।

643fc585e86d1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको