Like us!
Follow us!
Connect us!
Watch us!

यी १५ निर्माण कम्पनी कालोसूचीमा(सूचनासहित)

अर्थ संसार

विहीबार, ०७ बैशाख २०८०, १० : ४० मा प्रकाशित

यी १५ निर्माण कम्पनी कालोसूचीमा(सूचनासहित)

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिएका १५ निर्माण कम्पनीहरूको विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार शैलेन्द्र कुमार कुरुम्बाङ नेतृत्वको एस.ए.एस कन्स्ट्रक्सन प्रा.लि विराटनगरलाई ३ वर्षसम्म कालोसूचीमा राखिएको हो ।

यसैगरी दीपक सापकोटा मुख्य व्यक्ति रहेको शंकरमाली निर्माण सेवा प्रा.लि.,गोकर्ण प्रसाद पण्डित मुख्य व्यक्ति रहेको नागार्जुन कन्स्ट्रक्सन प्रा.लिलाई एक वर्ष तीन महिना कालोसूचीमा राखिएको छ ।

त्यसैगरी राजुप्रसाद श्रेष्ठ नेतृत्वको वाईपी कन्स्ट्रक्सन प्रा.लि. र रविन कुमार जोशी नेतृत्वको रफिना कन्स्ट्रक्सन प्रा।लिलाई  पनि एक वर्ष तीन महिना नै कालोसूचीमा राखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको