दोल्ती पावर कम्पनीको आइपीओ बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल मार्केटका अनुसार आज शुक्रबार (वैशाख ८ गते) दिउँसो ३ बजे क्यापिटलको कार्यालयमा बाँडफाँट हुने भएको हो। यस कम्पनीको प्री–अलमेन्ट सम्पन्न भइसकेको छ ।
यस कम्पनीको आइपीओ बाँडफाँट गोलाप्रथाबाट हुनेछ । यस कम्पनीमा मागभन्दा ११।६० गुणा बढी आवेदन परेको छ । १३ लाख ३९ हजार ४४० जनाले कुल १ करोड ४७ लाख ६२ हजार २६० कित्ताका लागि आवेदन दिएकोमा १ लाख २७ हजार १८६ जनाले मात्र सेयर हात पार्नेछन् । अरु ११ लाख ४४ हजार ६७५ जना भने खालि हात हुनेछन्।
यस कम्पनीको आइपीओ चैत २८ जारी भएको थियो । प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन भएको थियो । यो मध्य ५५ अर्थात् ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई र १ लाख ७ हजार २९८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुटाइएको थियो र बाँकी १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणलाई निस्काशन गरिएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस