Like us!
Follow us!
Connect us!
Watch us!

दाेल्ती पावर ५ कराेड घाटामा, ईपीएस पनि ॠणात्मक

अर्थ संसार

आइतबार, ०३ असार २०८०, ११ : ०९ मा प्रकाशित

दाेल्ती पावर ५ कराेड घाटामा, ईपीएस पनि ॠणात्मक

दोल्ती पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनी घाटामा छ ।

नाफा/घाटा 

तेश्राे त्रैमाससम्म कम्पनीले ५ करोड ७३ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ५० लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएकाे थियो ।  

विद्युत् बिक्रीबाट हुने आम्दानी

कम्पनीकाे विद्युत् बिक्रीबाट हुने आम्दानी पनि घटेकाे छ । साेही कारण पनि कम्पनीले घाटा व्यहाेरेकाे हाे । गत वर्ष कम्पनीले विद्युत् बिक्रीबाट ८ करोड ३७ लाख ४ हजार रुपैयाँ आम्दानी गरेको थियाे । यस वर्ष भने जम्मा ६ करोड ५५ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेकाे छ ।

चुक्ता पूँजी

चैत्र मसान्तसम्म आइपुग्दा यस कम्पनीको चुक्ता पूँजी ३७ करोड ५५ लाख ४० हजार रुपैयाँ रहेको छ ।

जगेडा काेष

कम्पनीकाे जगेडा कोष ४ करोड ९४ लाख ५९ हजार रुपैयाँ ऋणात्मक छ ।

प्रतिसेयर आम्दानी

कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) पनि १२ रुपैयाँ ५१ पैसा ऋणात्मक छ ।

प्रतिसेयर नेटवर्थ

कम्पनीकाे प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ ५६ पैसा छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको