Like us!
Follow us!
Connect us!
Watch us!

उदयपुर सिमेन्ट उद्योगले डाक्यो साधारण सभा

अर्थ संसार

शुक्रबार, ०८ बैशाख २०८०, ११ : ३५ मा प्रकाशित

उदयपुर सिमेन्ट उद्योगले डाक्यो साधारण सभा

उदयपुर सिमेन्ट उद्योग लिमिटेडले ३५ औँ साधारण सभा डाकेको छ । उद्योग सञ्चालक समितिको १०४५ औँ बैठकले यहि बैशाख २९ गते शुक्रबार दिउँसो ३ बजे साधारण सभा बस्ने निर्णय भएको हो । 

उक्त साधारण सभा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा हुने जनाइएको छ । सभामा आर्थिक वर्ष २०७८र७९ को सञ्चालक समितिको प्रतिवेदनमा छलफल हुनेछ । यसका साथै पब्लिक कम्पनीको खुद सम्पत्ति (नेट वर्थ)को बारेमा समेत जानकारी गराइनेछ । 

त्यस्तै, लेखा परिक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्षको नाफा नोक्सानी हिसाब, नाफा नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरुमा छलफल पारित गर्ने प्रस्ताव रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको