Like us!
Follow us!
Connect us!
Watch us!

भ्रष्टाचार मुद्दा खेपिरहेका अर्थ मन्त्रालयका उपसचिव ढुंगानाले पाए पूर्ण सफाइ

अर्थ संसार

शुक्रबार, ०८ बैशाख २०८०, १५ : ५८ मा प्रकाशित

भ्रष्टाचार मुद्दा खेपिरहेका अर्थ मन्त्रालयका उपसचिव ढुंगानाले पाए पूर्ण सफाइ

अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुंगानाले विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । शुक्रबार न्यायाधीश श्रीकान्त पौडेल, यमुना भट्टराईको इजलासले उनलाई पूर्ण सफाइ दिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७६ पुस १८ मा सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । सार्वजनिक सेवाको पदमा बहाल रहँदा उनले गरेको खर्च तथा लगानी पाँच करोड ४८ लाख रुपैयाँ अस्वाभाविक देखिएको आयोगको दाबी थियो । ढुंगानाले गरेको खर्च तथा लगानीमध्ये चार करोड ६८ लाख ४८ हजार रुपैयाँको स्रोत नखुलेको आयोगले आरोपपत्रमा उल्लेख थियो ।

साथै ढुंगानाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी स्रोत नखुल्ने सम्पत्तिहरू आफूलगायत श्रीमती मधु कोइराला (ढुंगाना)को नाममासमेत खरिद गरी राखेकाले श्रीमती समेतलाई प्रतिवादी बनाएको थियो । 

ढुंगानाविरुद्ध चार करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो । साथै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाही सजाय गर्न माग रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको