अर्थ संसार, बुटवल–अदालत परिसरबाटै फरार भएका एक अभियुक्तलाई केही समयपछि प्रहरीले गरेको छ ।
बन्दी प्रत्यक्षीकरण रिटमा शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवलमा उपस्थित गराइएका बुटवल–११ का होमबहादुर परियार दिउँसो परिसरबाटै फरार भएका थिए ।
उनी अदालतको शौचालय जाने बहानामा भागेको र बुटवलको हिलपार्क जंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।
मानव बेचबिखनको अभियोगमा उनी पक्राउ परेका थिए । पक्राउ परेपछि एकपटक पनि म्याद थप नभइसकेको अवस्थामा उनलाई बन्दी प्रत्यक्षीकरण रिटमा अदालत उभ्याइएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस