Like us!
Follow us!
Connect us!
Watch us!

"सिटिजन्स सुपर ३० म्युचुअल फण्ड"को इकाईमा आवेदन दिने समय थप

अर्थ संसार

आइतबार, १० बैशाख २०८०, ०८ : ५५ मा प्रकाशित

"सिटिजन्स सुपर ३० म्युचुअल फण्ड"को इकाईमा आवेदन दिने समय थप

"सिटिजन्स सुपर ३० म्युचुअल फण्ड"को इकाईमा आवेदन दिने समय थप भएको छ। वैशाख ६ गतेदेखि बिक्री खुल्ला यस फण्ड अब वैशाख २० गेट सम्म खुला रहने छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ३० म्युचुअल फण्ड निष्कासन भएको हो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गरेको हो ।

यस मध्य न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रर्वद्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

बन्दमुखी प्रकृतिको यस योजना १० वर्ष अवधिको रहेको छ । योजनाको इकाई बाँडफाँट भएको मितिले १० वर्षमा परिपक्क हुनेछ ।उक्त योजनाका लगानीकर्तालाई योजना परिपक्क पश्चात योजनाको लगानीलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।

यस फण्डका अरु जानकारी यस प्रकार छन :

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड  इकाईसम्म आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

 यो इकाई बिक्री अवधि छिटोमा वैशाख १० गते र सो अवधिमा आवेदन नपरेमा  वैशाख २० गतेसम्मका लागि तोकिएको छ । 

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम  सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको