Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको नयाँ क्यास व्याक योजना सार्वजनिक

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, ११ : ०३ मा प्रकाशित

समृद्धि फाइनान्सको नयाँ क्यास व्याक योजना सार्वजनिक

“समृद्धिको लागि सहकार्य” भन्ने मुल नाराका साथ ग्राहकहरुमाझ समृद्धि फाइनान्सले आकर्षक योजनाहरु पस्किने क्रममा आज नयाँ क्यास व्याक योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्यास तथा पानीको क्रेता र विक्रेताले समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्गको क्यु आर प्रयोग गरि कारोबार गर्दा क्यास व्याकको सुविधा प्राप्त गर्नेछन ।

समा ग्याँस सँगै क्यास योजना अन्तर्गत समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्गको क्यु आर प्रयोग गरि ग्यासको खरिद विक्रि कारोबार गर्दा प्रति सिलिन्डर क्रेताले रु. ५० र विक्रिेताले रु. १० क्यास व्याक प्राप्त गर्नेछन । त्यस्तै, पानी बचतको बानी योजना अन्तर्गत प्रत्येक पानिको जार खरिद गर्दा खरिदकर्ताले रु. ५ क्यास व्याक प्राप्त गर्नेछन । उक्त योजना सिमित अवधिको लागि हुने फाइनान्सले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आगामी दिनमा थप पाँच वटा शाखा सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड, फोन पे  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको