Like us!
Follow us!
Connect us!
Watch us!

सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने रविको भनाई

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, ११ : ४३ मा प्रकाशित

सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने रविको भनाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने बताएका छन् । मत गणनामा जित नजिक रहेका उनले सरकारलाई दिएको समर्थनबारे समीक्षा गरिने बताएका हुन् ।

उपनिर्वाचनमा चितवन–२ बाट उम्मेदवार रहेका लामिछानेको जित सुनिश्चित छ । पछिल्लो मतपरिणामअनुसार निकतटम् प्रतिस्पर्धी कांग्रेसका जीतनारायण श्रेष्ठलाई ४० हजार भन्दा बढी मतले पछि पारेका लामिछानेको जित निश्चित जस्तै बनेको छ । 

यस क्रममा चितवनमा सञ्चारकर्मीसितको कुराकानीमा उनले सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने जनाए । वर्तमान सरकारले विगतका भ्रष्टाचारको विषयमा छानबिन गर्न चासो नदेखाएकाले सरकारलाई समर्थन गरिरहनुको अर्थ नरहेको उनको भनाइ छ ।

उपनिर्वाचनमा जित नजिक पुगेका उनले चुनावी मत मरिणामले आफूहरूलाई थप जिम्मेवार बन्न प्रेरित गरेको उनले बताए । आफूहरूमा भएका कमजोरीलाई सुधारेर परिपक्व बन्न चुनावी मतपरिणामले देखाएको उनको भनाइ थियो । उनले भ्रष्टाचारविरुद्ध सशक्त रुपमा उभिने आफ्नो एजेन्डालाई जनताले अनुमोदन गरेको उल्लेख गरे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको