Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र जर्जर हुँदा बैंकहरुले अर्बौ रुपैयाँ मुनाफा कमाएर जमिन्दारमा रुपान्तरण भए– भिम आचार्य

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, १४ : ३४ मा प्रकाशित

अर्थतन्त्र जर्जर हुँदा बैंकहरुले अर्बौ रुपैयाँ मुनाफा कमाएर जमिन्दारमा रुपान्तरण भए– भिम आचार्य

नेकपा (एमाले)का सांसद भिम प्रसाद आचार्यले देशको अर्थतन्त्र जर्जर हुँदा पनि बैंकहरुले अर्बौ रुपैयाँ मुनाफा कमाएर गाउँको जमिन्दारमा रुपान्तरण भएको भन्दै सरकारले पाता फर्काएर नियमन गर्न माग गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो माग गरेका हुन् । 

प्रतिनिधिसभामा बोल्दै सांसद आचार्यले भने, ‘त्यहाँ अराजकता छ, त्यहाँ नियमन गर्ने कुनै निकाय छैन ।’ उनले देशका मुख्य बजारहरु बन्द रहेको र मन्दीका कारण सटरहरु बन्द रहेको, उद्योगहरु संकटग्रस्त अवस्थामा पुगेको बताउँदै देशमा अराजकता फैलाएर चर्को मूल्यबृद्धि गरिएको गुनासो पोखे ।

उनले भने, ‘बैंकहरुले ब्याजदर चर्को बृद्धि गरेका छन्, उहिले उहिले गाउँ गाउँमा जमिन्दारहरुले किसानलाई ऋण दिएर चक्रवर्ती ब्याज लगाएर सम्पत्ति जमिन खोस्थे, आज त्यो जमिन्दारको ठाउँ बैंकहरुले लिएका छन् । आजको अवस्थामा बैंकहरुको मुनाफा आधा खर्बभन्दा माथि छ ।’

सांसद आचार्यले देशको तीन खम्वे अर्थनीतिमा अघि बढ्ने कुरा संविधानमा रहेको उल्लेख गर्दै लघुवित्त र सहकारीको भूमिका गरिबी न्यूनिकरणमा उल्लेख्य भूमिका रहेको भन्दै आज नियमन नगर्ने र अराजकता देखाएर लघुवित्तको अर्बौ रुपैयाँ संकटमा पुर्याइएको स्पष्ट पारे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको