Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप ४ कम्पनीको बोनस सेयर सूचीकृत, हेर्नुहोस् कुनको कति?

अर्थ संसार

विहीबार, १४ बैशाख २०८०, ११ : ४७ मा प्रकाशित

नेप्सेमा थप ४ कम्पनीको बोनस सेयर सूचीकृत, हेर्नुहोस् कुनको कति?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार आज नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।

बिहिबार नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत बोनसबापतको ५८ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशत बोनसबापतको ३ लाख ९४ हजार ३ सय ९२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनसबापतको १३ लाख ८७ हजार ४ सय ९८ दशमलब ३३२८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

त्यस्तै निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बोनसबापतको ४१ लाख ७० हजार ५ सय ४७ दशमलब ५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको