Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थका फण्डहरुसँग मात्रै वाणिज्य बैंकका ३२ लाख कित्ता होल्ड, प्रभु बैंक कै ७ लाख कित्ता !!

अर्थ संसार

शुक्रबार, १५ बैशाख २०८०, ०९ : ३९ मा प्रकाशित

सिद्धार्थका फण्डहरुसँग मात्रै वाणिज्य बैंकका ३२ लाख कित्ता होल्ड, प्रभु बैंक कै ७ लाख कित्ता !!

 सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भइरहेका फण्डहरुले २०७९ साल चैत्र मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार फाल्गुण मसान्तसम्ममा आइपुग्दा तीन मध्य दुई फण्डहरुको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) घटेको छ भने एक फण्डको न्याभमा भने सुधार देखिन्छ 

खुद सम्पत्तिको मूल्य (न्याभ)

  फण्ड फाल्गुण २०७९  चैत्र २०७९   बढ्यो/घट्यो 
१    सिद्धार्थ इक्विटी फन्ड   ९.८६ ९.७६  घट्यो 
२   सिद्धार्थ व्यवस्थित लगानी योजना (खुलामुखी योजना) ८.१८  ८.२७  बढ्यो
३  सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ९.९३ ९.८५  घट्यो 

न्याभमा सुधार देखिएपछि फण्डको व्यवस्थापनलाई भने फितलो नै भन्न पर्ने हुन्छ। बजारबाट पैसा सङ्कलन गरेको १० रुपैया भन्दा तल न्याभ रहनुलाई राम्रो मानिदैन।  सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भइरहेका तीन फण्डहरुमा कुनै पनि फण्डको खुद सम्पत्तिको मूल्य (न्याभ) १० राख्न फण्डले सकेको छैन। 

सूचीकृत सेयर होल्ड कि किनबेच ?

  फण्ड फाल्गुण २०७९  चैत्र २०७९  लगानी (बढ्यो/घट्यो )
१   सिद्धार्थ इक्विटी फन्ड     १,०८,०४,३०,०३८   १,११,१२,७२,१०८  बढ्यो 
२  सिद्धार्थ व्यवस्थित लगानी योजना (खुलामुखी योजना)  १६,४२,२०,८२८  १७,५७,३३,९३९ बढ्यो 
३  सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२  ८७,४५,३४,४८०  ९०,९५,७८ ,१९५   बढ्यो 

फाल्गुण  देखि चैत्र महिनाको अन्तरालमा सिद्धार्थका फण्डहरुले आफ्नो लगानी केहि  मात्रामा बढाएकै देखिन्छ। सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले झन्डै आफ्नो लगानी ३ करोड थपेको छ भने सिद्धार्थ व्यवस्थित लगानी योजना (खुलामुखी योजना) ले पनि झन्डै एक करोड लगानी बढाएको देखिन्छ। सिद्धार्थ इक्विटी फन्डको बजारमा कारोबार हुने ८४ कम्पनी तथा फण्डमा लगानी रहेको छ।  तेस्तै सिद्धार्थ व्यवस्थित लगानी योजना (खुलामुखी योजना) बजारमा सूचीकृत हुने ६७ कम्पनीमा र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को बजारमा कारोबार हुने ७९ कम्पनी तथा फण्डमा लगानी रहेको छ। 

बैंकका सेयरमा धेरै आकर्षण !!
सिद्धार्थका फण्डहरुले आफ्नो लगानीको प्राथमिकतामा वाणिज्य बैंकलाई राखेको छ। लगानीको लागि सबैभन्दा सुरक्षित मानिने क्षेत्र वाणिज्य बैंक हुन् भन्ने आधारले फण्डले पनि यस क्षेत्रमा लगानी गरेको देखिन्छ। 



फण्डको १७ बैंकको सेयरमा ३२ लाख कित्ता भन्दा किनेर लगानी गरेको देखिन्छ। फण्डको सबैभन्दा धेरै आकर्षण प्रभु बैंकको सेयरमा देखिन्छ।  फण्डले प्रभु बैंकको मात्र ७ लाख ३३ हजार ७९० सेयर होल्ड गरेको देखिन्छ।  तेस्तै फण्डले सानिमा बैंकको पनि ५ लाख १९ हजार ५५८ कित्तामा लगानी देख्न सकिन्छ। 

फण्डको बैंक मौज्दात/मुद्दति निक्षेप/दिभेन्जर/ बोण्ड मा लगानी (चैत्र २०७९)

  फण्ड  सिद्धार्थ इक्विटी फन्ड    सिद्धार्थ व्यवस्थित लगानी योजना (खुलामुखी योजना)  सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ 
१   बैंक मौज्दात  १,२०,६८३,८८८  ५,३९,१९,८६२ १२,२५,२३,६३७ 
२  मुद्दति निक्षेप १२,५०,००,०००  ४,००,००,०००  ८,८०,००,००० 
३   दिभेन्जर/ बोण्ड  ६,५४,९२,०००   १,५३,०१,०००  २,६४,९२,००० 


समग्रमा सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भइरहेका फण्डहरुले बजारमा विविध औजारमा सन्तुलित तबरबाट लगानीको प्रयास रहेता पनि लगानीकर्ताको प्रारम्भिक प्रति इकाई रु १० को लगानीलाई सुरक्षित कायम राख्न भने असफल नै देखिएको छ। प्रतिकुल बजारमा फण्डले दिर्घकालिन रिटर्नको रणनीति लिंदा यस फण्डबाट आउने आर्थिक वर्षमा मुनाफाबाट आस गरेका लगानीकर्तालाई भने निराश नै बनाउने नै अवस्था सिर्जना हुनसक्छ ।यधपि ,बजारले असार मसान्त पूर्व सुधार भएको खण्डमा भने अवस्था केहि आश गर्न सक्नेछन। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको