Like us!
Follow us!
Connect us!
Watch us!

पूर्व अर्थमन्त्री विष्णु पौडेलको टिप्पणी– ‘देशको अर्थतन्त्र चिन्ताजनक छ, सरकारलाई पैसा बाँड्न हतारो छ’

अर्थ संसार

शुक्रबार, १५ बैशाख २०८०, १५ : ४६ मा प्रकाशित

पूर्व अर्थमन्त्री विष्णु पौडेलको टिप्पणी– ‘देशको अर्थतन्त्र चिन्ताजनक छ, सरकारलाई पैसा बाँड्न हतारो छ’

पूर्व अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थव्यवस्था चिन्ताजनक भएपनि सरकार भने रोमको शासकझैं लडाकुलाई रकम वितरण गर्ने बाँसुरी बजाएर बसेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले सरकारमाथि यस्तो टिप्पणी गरेका हुन्। 

उनले राजश्व परिचालनदेखि संकलनसम्म निराशाजनक अवस्था रहेको भन्दै यस्तो अवस्थामा कसैलाई पनि रकम वितरण गर्न नसकिने प्रष्ट्याए । 

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले भने, ‘राजश्व उठ्नेदेखि अन्य समस्या भएको छ। तर, शासकलाई रोमको शासकझैं बासुरी बजाइरहेको छ । उसलाई त अयोग्य लडाकुलाई पैसा बाँड्न हतारो छ।’

उनले गत आर्थिक वर्षको यही अवधिमा ८ खर्ब ५० अर्ब राजश्व परिचालन भएको तर गत वर्षभन्दा १३ प्रतिशतले राजश्व परिचालनको काम कम भएको बताए। 

यो वर्षको लक्ष्य ३३ प्रतिशतले पछाडि रहेको भन्दै उनले दशकपछि हुने अवस्था देखिएको टिप्पणी गरे। तर सरकारलाई कुनै चिन्ता नदेखिएको उनले बताए। उनले अनिवार्य दायित्वबाट सरकार भुक्तानी गर्न नसक्ने अवस्थामा रहेको बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको