Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनीमा धेरै सम्भावना र स्रोत छन् ,लगानी गर्नेले घाटा व्यहोर्नुपर्दैन - अर्थमन्त्री पौडेल

अर्थ संसार

बुधबार, १३ चैत्र २०८१, १३ : २६ मा प्रकाशित

लुम्बिनीमा धेरै सम्भावना र स्रोत छन् ,लगानी गर्नेले घाटा व्यहोर्नुपर्दैन -  अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनी क्षेत्र लगानीका लागि महत्वपूर्ण गन्तव्य भएको बताएका छन् ।

रुपन्देहीको भैरहवामा बुधबार आयोजना भएको ‘लुम्बिनीको सामर्थ ’ विषयक विमर्श कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले लुम्बिनीमा लगानी गर्न उद्योगी–व्यवसायीहरुलाई आग्रह गरे ।

‘लुम्बिनीको सामथ्र्य धेरै फराकिलो छ, निजी क्षेत्रको लागि यो महत्वपूर्ण ठाउँ हो’उनले भने,‘यहाँका सम्भावनालाई व्यवसायसँग जोड्न म आग्रह गर्दछु ।'

‘भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै यहाँ बुद्धको जीवनसँग जोडिएको महत्वपूर्ण सम्पदाहरु छन्, यहाँ राम्रा र स्तरीय होटलहरु छन्, बर्दिया राष्ट्रिय निकुञ्ज पनि लुम्बिनी प्रदेशमै छ । यहाँ लगानी गर्नेले घाटा व्यहोर्नुपर्दैन, नाफा राम्रो कमाइन्छ’अर्थमन्त्री पौडेलले भने–‘लुम्बिनीमा धेरै सम्भावना र स्रोत छन् । कोही लगानी गर्न छुट्नुभएको छ भने लगानी गर्नुस् ।’

प्रधानमन्त्री केपी ओली नेतृत्वको अहिलेको सरकारले निजी क्षेत्रको आत्मबल र आत्मविश्वास बढाउन कुनै असर नराखेको उनले दावी गरे । नेकपा (एमाले)का उपाध्यक्ष समेत रहेका पौडेलले सरकारले लगानी अनुकुल वातावरण बनाउँदै जाने बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको