आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ८० करोडको आधारमा २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रबद्र्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा कम्तिमा ६० प्रतिशत लगानी गर्नका लागि हकप्रद बिक्री गर्न लागेको हो ।
कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हकप्रद सेयर निष्कासनको प्रस्ताव पहिलो चरणमा विद्युत नियमन आयोगबाट स्वीकृति पाउनुपर्नेछ । त्यसपछि कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाउनुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस