Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको आइपीओ सेयर सूचीकृत, कति पायो ओपनिङ्ग रेन्ज?

अर्थ संसार

आइतबार, १७ बैशाख २०८०, १४ : ०७ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको आइपीओ सेयर सूचीकृत, कति पायो ओपनिङ्ग रेन्ज?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार २ कम्पनीको आइपीओ सेयर सूचीकृत भएको छ । स्टकका अनुसार आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आइपीओ सेयर सूचीकृत भएको हो । दुबै लघुवित्तको सर्वसाधारणलाई निष्कासन गरेको सेयर र संस्थापकहरुले लगानी गरेको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको ६ लाख २३ हजार ३८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले सर्वसाधारणलाई निष्कासन गरेको २ लाख ३ हजार ३८० कित्ता सेयर र संस्थापक सेयरधनीहरुले लगानी गरेको ४ लाख २० हजार कित्ता सेयर गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ३७१ रुपैयाँ ८२ देखि एक हजार ११५ रुपैयाँ ४६ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा मंगलबारदेखि लघुवित्तको सेयर कारोबार खुल्नेछ ।

त्यस्तै बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको पनि ३ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले सर्वसाधारणलाई निष्कासन गरेको ९७ हजार कित्ता सेयर र संस्थापक सेयरधनीहरुले लगानी गरेको २ लाख ३ हजार कित्ता सेयर गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ८६ रुपैयाँ ७८ पैसा देखि २६० रुपैयाँ ३४ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि आधारमा मंगलबारदेखि लघुवित्तको सेयर कारोबार खुल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको