नेपाल धितोपत्र बोर्ड सेबोनले नयाँ स्टक एक्सचेन्ज र कमोडिटीज एक्सचेन्ज कम्पनीलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाएको छ । नयाँ लाइसेन्सका लागि स्टक एक्सचेन्ज तर्फ ३ र कमोडिटीज एक्सचेन्जफर्त ४ आवेदन परेको थियो। तर, बोर्डले एउटा स्टक एक्सचेन्ज र दुई वटा कमोडिटीज एक्सचेन्ज कम्पनीलाई लाइसेन्स दिने भएको हो ।
आवेदन परेसँगै अब बोर्डले प्रक्रियागत रुपमा कम्पनीको मुल्याकन गर्नू पर्ने हुन्छ । त्यसको लागि बोर्डले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको नेतृत्वमा मूल्याङ्कन समिति बनाएको छ । बोर्डको आज (आइतबार) बिहान बसेको सञ्चालक समितिको बैठकले सहसचिव गौतमको नेतृत्वमा चार सदस्यीय मल्याङ्क समिति गठन गरेको हो ।
समितिको सदस्य अर्थमन्त्रालयको तर्फबाट रितेश कुमार शाक्य, राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक मुकुन्द कुमारी क्षेत्री रहेका छन् । शाक्य अर्थमन्त्रालयको तर्फबाट र क्षेत्र राष्ट्र बैंकको तर्फबाट बोर्डको संचालक समेत रहेका छन् । यस्तै, मूल्यङ्कन समिति सदस्यमा बोर्डका कार्यकारी निर्देशक मुक्तिानाथ श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिका गिरी पनि रहेका छन् ।
सहसचिव फणिन्द्र गौतमको नेतृत्वमा आवेदन दिएका कम्पनीहरुको मुल्यांकन गर्नेछ । त्यसपछि मुल्यांकन समितिले सिफारिस सहित सञ्चालक समितिमा मुल्यांकन प्रतिवेदन पठाउने छ । त्यसपछि बोर्डले कम्पनीलाई लाइसेन्स दिनेछ । एक महिना भिनै नयाँ स्टक र कमोडिटी मार्केट लाइसेन्स वितरण टुंगोमा पुर्याउने लक्ष्यका साथ प्रक्रिया अघि बढेको बोर्डलृ जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस