Like us!
Follow us!
Connect us!
Watch us!

१९.११ अंकले घट्यो नेप्से,कारोबार रकममा केहि सुधार

अर्थ संसार

आइतबार, १७ बैशाख २०८०, १५ : १७ मा प्रकाशित

१९.११ अंकले घट्यो नेप्से,कारोबार रकममा केहि सुधार

आज आइतबार नेप्से परिसूचक १९.११ अंकले घटेको छ । आज नेप्से १९.११ ले घटेर १ हजार ८ सय ७० दशमलब ६५ को विन्दुमा कायम भएको हो ।

गत (बिहिबार) नेप्से परिसूचक २.२७ अंकले घटेको थियो । नेप्से २.२७ ले घटेर १ हजार ८ सय ८९ दशमलब ७३ को विन्दुमा कायम भएको थियो ।

आज नेप्से घटेपनि कारोबार रकम भने उत्साहजनक  देखिएको छ। आज नेप्सेमा ९५ करोड ४३ लाख २२ हजार बराबरको कारोबार भएको हो । 

आज २६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ  । नेप्से घटेपनि शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको