Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ क्षेत्रमा धेरै पैसा लक भयो, रकम रिलिज गरीदिन उधोग मन्त्रीलाई परिसंघको आग्रह

अर्थ संसार

सोमबार, १८ बैशाख २०८०, १० : ४७ मा प्रकाशित

बैंकिङ क्षेत्रमा धेरै पैसा लक भयो, रकम रिलिज गरीदिन उधोग मन्त्रीलाई परिसंघको आग्रह

उधोग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले उधोग क्षेत्रमा संकट आउन नदिन उधोगीहरुको सहयोगको आवश्यकता रहेको बताएका छन् ।

आईतबार मन्त्रालयमा मन्त्री रिजाललाई अध्यक्ष पवन गोल्यान नेतृत्व बैंक तथा बित्तिय संस्था परीसंघको टोलिले भेट गरेको थियो । भेटका क्रममा मन्त्री रिजाललाई परीसंघ टोलिले उधोग क्षेत्रमा रहेको बिभिन्न समस्याको बारेमा जानकारी गराएको थियो । 

बैंकिङ जस्ता क्षेत्रमा धेरै पैसा लक भएको भन्दै मन्त्री रिजाललाई त्यस्तो रकम रिलिज गर्न पहल गरीदिन आग्रह गर्दै परिसंघ टोलिले उक्त रकम उधोग क्षेत्रमा भित्र्याउनु पर्नेमा जोड दिएको थियो ।
 
मन्त्री रिजालले उधोग क्षेत्रमा देखिएको समस्या समाधानका लागि तथा आउन सक्ने संकटबाट उधोग क्षेत्रलाई बचाउँका लागि सरकारलाई उधोगीहरुको साथ र सहयोगको आवश्यकता रहने बताए । मन्त्री रिजालले भने, ‘सरकारलाई दोष दिदै भाग्ने हैन, आएर सहयोग गर्नुस।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको