Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्डको भेष धार्मिक आस्था कि कुटनीति ?

निकिता खनाल

आइतबार, २१ जेठ २०८०, १७ : २५ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डको भेष धार्मिक आस्था कि कुटनीति ?

कुनै पनि मुलुकलाई ध्वस्त पार्न वा तहस नहस गर्न उसको धर्म र संस्कृति माथि नै प्रहार हुने गर्दछ । इतिहासले नै यो देखाउँदै आएको छ । जुन देशले आफ्नो धर्म र संस्कुतिलाई जोगाउन सक्दैन भने त्यो देशमाथि निरन्तर प्रहार भइरहन्छ । र, त्यहाँबाट विदेशीहरुले आफ्नो अनुकुल राजनीति सुरु गर्ने गर्छ ।

भारतका तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रीको रहस्यपूर्ण निधनपछि सन् १९६६ जनवरी १५ मा भारतको शासन सत्ताको बागडोर भारतीय कांग्रेस आईकी अध्यक्ष इन्दिरा गान्धीले सम्हालेकी थिइन् । उनले सन् १९६६ जनवरी १९ का दिन प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी थिइन् । भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले आफ्नो कार्यकालमा धर्म निरिपेक्षका लागि लडेकी थिइन् । त्यसवेला भारतमा धर्मको नाममा फुट सुरु भएको थियो । गान्धी धर्मनिरपेक्षका लागि अडिग रहिन् र स्थापना पनि गरिन् । उनले भारतमा हिन्दूबाहेक अन्य धर्मको समेत बाहूल्यता रहेको भन्दै धर्मनिरपेक्षलाइ स्थापीत गरिन् । धर्मनिरपेक्ष ल्याएको भन्दै उनले सत्ता सम्हालेदेखि कुनै पनि मठ मन्दिर, मश्जिद वा चर्चमा गइनन् । सन् २०१४ देखि आजसम्म भारतको १४औं प्रधानमन्त्रीको रुपमा भारतीय जनता पार्टी र राष्ट्रिय स्यवम सेवक संघका लोकप्रीय व्यक्ति नरेन्द्र मोदी छन् । उनले सन् २०२४सम्म भारतलाई हिन्दुराष्ट्र बनाउने लक्ष्य लिएका छन् । जुन तत्काल असम्भव देखिन्छ ।

नेपालको सन्दर्भमा आउँदा तत्कालिन पञ्चायती संविधानमा औपचारिक रुपमा उल्लेखित हिन्दु राष्ट्रको प्रावधानले २०४७ सालको संविधानमा निरन्तरता पायो । तर, २०६२/६३ को जनआन्दोलनपछि निर्मित अन्तरिम संविधानमा उक्त प्रावधान हटाएर धर्म निरपेक्षताको व्यवस्था राखियो । जुन जनमत संग्रहमार्फत् हुनु पर्ने थियो । तर त्यसो भएन् । उक्त व्यवस्थाले पश्चिमा देशको धर्म ‘क्रिस्च्यानिटी’लाई नेपालमा विभिन्न गैर सरकारी संगठन र गैर अन्तर्राष्ट्रिय संगठनमार्फत बढावा दिइयो । र, उनीहरु सफल पनि भए । आजको दिनसम्म आउँदा राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा हिन्दू धर्म मान्नेको संख्यामा गिरावट आएको छ भने क्रिस्च्यानिटी मान्ने व्यक्तिको संख्या बढ्दै गएको छ ।

तत्कालीन समयमा त्यसप्रति कुनै भिन्न मत नदेखिएपनि पछिल्ला केही वर्षदेखि भने हिन्दु राष्ट्रको पक्षमा मतहरु प्रखर रुपमा व्यक्त भएको छ ।  नेपालको इतिहासलाई हेर्ने हो भने पृथ्वीनारायण शाह जस्ता कैँयन पात्र छन्, जसले नेपाल बनाउन धेरै लडाई लड्नु पर्याे । इतिहासदेखि अहिलेसम्मपनि पश्चिमेलीहरूले धर्मलाई उपनिवेश वा प्रभाव क्षेत्र बनाउने रणनीति र कूटनीति छोडेका छैनन् । र, यो जगजाहेर पनि छ । 

नेपालमा धर्म निरपेक्षताको कुरा बढी उठाउने कम्युनिष्टहरू नै हुन् त्यसअन्र्तगत पनि विशेष रुपमा माओवादीहरू नै अग्रस्थानमा छन् । आम रुपमा हेर्दा सिद्धान्त धर्म निरपेक्षता पदावलिले सबै धर्मलाई समान व्यवहारको परिकल्पना गरेको भन्दै त्यसलाई चलाउन नहुने कतिपयको धारणा छ । जनआन्दोलनको विषयमा धर्म निरपेक्षताको आवाज कतै कुनै दल वा जनताले नउठाएको ठोकुवा गर्ने कतिपय राजनीतिकर्मीहरु भने अचानक भएको धर्म निरपेक्षताको प्रवेशमा षड्यन्त्र पनि भन्दछन् । 

नेपालमा धर्म निरपेक्षता र संघीयता भित्राउने खाल ओढेका तथा कथित कम्युनिष्टहरु नै समय अनुसार आफ्नो धर्म परिवर्तन गरिरहेको पाइयो । ६२/६३ को अन्दोलनपछि कम्युनिष्टहरु हिन्दू धर्मप्रति निकै क्रुर देखिए । र, उनीहरु हिन्दू धर्मको सम्पूर्ण क्रियाकलाप प्रति नकारात्मक पनि देखिए । कम्युनिष्टका खाल आढेका डा. बाबुराम भट्टराई पनि सोहि विषयलाई लिएर निकै आलोचित बने । चीनले पनि नेपालमा कुनै कम्युनिष्ट नरहेको बताउँदै आएको छ । त्यस्तै मुलुकमा नयाँ दृश्य देखा परेको छ । 

अब कुरा गरौँ प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’को चार दिने भारत भ्रमण को । गत बुधबार भारत भ्रमणमा निस्कीएका प्रचण्ड हिजो (शनिबार) नेपाल फर्किएका छन् । उनले भारत भ्रमणमा जानुअघिपनि भ्रमण ऐतिहासिक हुने बताएका थिए । नेपाल फर्किएपछि पत्रकार सम्मेलन गर्दै उनले समग्रमा भ्रमण पहिलेका तुलनामा बढी फलदायी, दूरगामी प्रभाव पार्ने, नेपालको राष्ट्रिय हितमा केन्द्रित रहेको मुख्यतः आर्थिक क्रियाकलापमा सकारात्मक सन्देश दिने सफल भ्रमणका रुपमा महसुस गरेको बताए । 

प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भारत भ्रमण अघि नै निकै चर्चा भयो । उनी भारत भ्रमणमा जान प्रधानमन्त्री नियुक्त भएकै दिनबाट गृहकार्य सुरु गरे । तर, पाँच महिनापछि भारतीय समकक्षी नेरेन्द्र मोदीले उनलाई निमन्त्रण दिए । लामो समयको पर्खाइ पछि बुधबार नयाँ दिल्ली पुगेका प्रधामन्त्री प्रचण्डलाई स्वागतको लागि भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले गरिन् । उक्त विषयको पनि चर्चा भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भ्रमणको तेस्रो दिन भारतको मध्य प्रदेश उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पुगेर पूजाआजा गरे । 

प्रधानमन्त्री प्रचण्डसहित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, परराष्ट्रमन्त्री नारायण प्रसाद साउद (एनपी), अर्थमन्त्री प्रकाशशरण महतलगायत पनि सो मन्दिरमा पूजाआजा गर्न पुगे ।  उज्जैनस्थित महाकालेश्वर मन्दिर जानु अघि भरतीय प्रधानमन्त्री मोदीले प्रचण्डलक्षित एक कुरा भने । त्यो के हो भने प्रधानमन्त्री प्रचण्डलाई उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गर्नाले उनलाई केहि धार्मिक मोह हुन सक्ने बताएका थिए ।

यसले मोदीले उनलाई सिधैँ हिन्दू धर्म अपाउन संकेत दिएको बुझिन्छ । प्रधानमन्त्री प्रचण्डले मन्दिरमा १ सय ८ किलोग्राम रुद्राक्ष चढाएर पुजाआजा गरे । जुन विषयमा अहिले चर्चासँगै प्रश्न समेत उठिरहेको छ । मन्दिरमा पूजा गर्न गएका सबै नेताहरु धर्मनिरपेक्षताका संरक्षक हुन् । उनीहरु सबै जना गेरुवस्त्रमा देखिए । उनीहरुको त्यो दृश्यले निकै शंसय पैदा गरिदियो । के नेपालमा हिन्दू भर्म पूनः स्थापित हुने त होइन् ? कि प्रधानमन्त्री प्रचण्डले हिन्दू धर्म नेपालमा ल्याउने विषयमा मोदीसँग बाचा समेत गरे कि भन्ने प्रश्न नै खडा भएको छ । 

‘म वास्तवमा धर्म निरपेक्ष वादी हो । त्यो भन्दैमा धर्म विरोधि होईन् । सबै धर्मलाई समान व्यवहार गरोस् र राज्यले कुनैपनि धर्मलाई लाखापाखा नगरोस् भनेर निरपेक्ष वादी भएको नाताले सबै धर्मलाई समान रुपमा हेरेको हो ।’ उक्त विषय प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबाट फर्के लगत्तै भनेका थिए । तर, यसमा गम्भिर रुपले हेर्ने हो भने भारतीय मोदीको अभिव्यक्तिले छुट्टै परिदृश्य देखा पर्छ ।

नेपाल–भारतको अहिले सम्बन्धले स्पष्ट पार्छ कि हिन्दु धर्मप्रति प्रचण्डको धारणा र विचार के हो । प्रचण्डको पहँेलो भेषले के दर्शाउँछ ? प्रचण्डको भेष धार्मिक आस्था कि कुटनीति ? अर्काे विषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अबको १० वर्षपछि नेपाल भारतको सिमा विवाद नरहने बताउँदै आएका छन् । भन्दा सुन्दा सामान्य लागेपनि यो अर्थमा नेपालको भू–भाग फिर्ता हुने भन्ने होइन् । यसको अर्थ भारतले नेपाल गाभ्ने रणनीति प्रष्ट देखिन्छ । यसमा अझैपनि नेतृत्वकर्ता मौन देखिन्छन् । 

स्वयम् प्रधानमन्त्री प्रचण्डले भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनोस्थितिमा मोदी रहेको बताए । तर, भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता भएर नेपाल र भारतबीच विभिन्न द्विपक्षीय सम्झौता एवं समझदारी भयो । जसमा सिमा विवादबारे कुनै विषय जोडिएको छैन् । यसमा औपचारिक रुपमा भारतीय प्रधानमन्त्रीको कुनैपनि अभिव्यक्ति देखिदैन् । त्यो बाहेकका ७ ओटा सम्झौता भएको उल्लेख छ । यसता किसिमको सम्झौता विगतमा पनि भयो । तर, ती सब कागज मै सिमित रह्यो । यसपालिपनि सोहि नै हुने छ । 

अझै कुरा गर्ने हो भने नेपाली कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा २०७८ चैत १८ देखि २० गतेसम्म भारतको उत्तर प्रदेश भ्रमणमा गएका थिए । देउवा भ्रमणकै दौरान उत्तर प्रदेशको धार्मिक सहर बनारस पुगेका थिए । देउवा पत्नी आरजु राणा समेत सामेल उक्त भ्रमण धार्मिक भ्रमण नै थियो । यसरी हेर्दा कतै भारतले नेपाल र नेपाली नेताहरुलाई धर्मको पाठ त पढाइरहेका छैनन् ? भन्ने संका पैदा भएको छ ।

यसलाई भारतले कुन रुपमा लिएको छ ? भन्ने प्रश्न तेर्सिन्छ । नेपाललाई धर्मनिरपेक्ष देश नभई धार्मिक स्वतन्त्रता भएको देशको रूपमा स्थापित गर्नुले नै विश्वसामू मुलुकको पहिचानलाई बल पुग्नेछ । अहिलेको अवस्थामा नेपालको साख विश्व सामू नै खस्किएको छ । साख जोगाउन नेताहरुले कस्तो नीति ल्याउनलान् हेर्न बाँकी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको